विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा नवजात शिशुको मृत्यूदर अत्यन्त बढी छ । प्रत्येक हजारको जन्ममा २३ शिशूको मृत्यु हुने गरेको छ र यो मृत्यूदरमा कमी ल्याउन धेरै प्रयासहरु भएपनि अझै सफल हुन सकेका छैनौ । कतिपय कुराहरुलाई जस्तोः समय अगावै कम तौलको जन्मिनु , वंशाणुगत समस्याहरु लिएर जन्मनु , जन्मिने बेलामा अक्सीजनको कमी भएर दिमागमा घक्का लाग्नु जस्ता कारणहरुलाई हामी केही गर्न सक्दैनौ तर कतिपय कारणहरुलाई समयमा नै ध्यान पु¥याउने हो भने नवजात शिशुको मृत्यु हुनवाट जोगाउन सकिन्छ । नवजात शिशूको मृत्युहुने विभिन्न कारणहरु मध्य जिवाणुको संत्र्रमण एक मख्य कारण हो। न्वजात शिशुको रोग संग लड्ने क्षमता अत्यन्त न्युन हुन्छ। यस संसारमा नयाँ भित्रिएको कारणले विभिन्न रोगहरुसंग लड्ने क्षमताको विकास हुन समय लाग्छ र यही अवसर पारेर विभिन्न जिवाणुले शिशुलाई सजिलै संत्र्रmमण गर्नसक्छ । नवजात शिशुको शारिरिक अंगहरुको विकास नभइसकेको कारणलेपनि संक्रमणको जोखिम रहिरहन्छ । यसमा मुख्यत रोग प्रतिरोधात्मक अंगहरु तथा कोषिकाहरुको विकासमा ढिलाई हुनु हो ।
अर्को समस्या भनेको शिशुको छाला पातलो हुनु तथा भित्री वोसो एकदम कम हुनाले वाहिरी तापक्रममा अलिकति मात्र घटबड भएमा यसको असर तुरन्त नवजात शिशुमा पर्न जान्छ । जाडो महिनामा जब तापक्रममा कमी आउँछ तब शिशुलाई शिताङ्गपनको जोखिम हुने गर्दछ । नवजात शिशुले हामी ठूला मान्छेले जसरी कामेर शरिरमा ताप उत्पन्न गर्न सक्दैन त्यसै कारणले पनि वच्चा चाँदै शिताङ्ग हुने गर्दछ।
नवजात शिशुको एकमात्र आहार भनेको आमाको दूध हो । जन्मेको ६ महिना सम्म शिशुलाई आमाको दूध बाहेक अरु खानाको जरुरी हुँदैन । वच्चा जन्मिने वितिकै आमाको दूध चुसाउनु अतिआवश्यक हुन्छ र प्रत्यक दुई घण्टाको फरकमा वच्चालाई दूध चुसाई राख्नुपर्छ । रातीको समयमापनि अल्छी नमानीकन पटकपटक उठेर आमाले वच्चालाई दूध चुसाउनुपर्छ । यदि वच्चाले समय समयमा दूध खान पाएनभने शरिरमा रहेको चिनीको मात्रा विस्तारै घट्न थाल्छ र वच्चा बेहास् हुने तथा काम्ने हुन सक्छ । यसले गरेर सम्पूर्ण अंगहरुमा असर पार्छ । त्यस मध्य पनि दिमाग र मुटुमा असर पुग्न गयो भने वच्चाको ज्यानको पनि जोखिम हुनसक्छ ।
जाडो याममा नवजात शिशुको हेरचाह गर्दा यिनै बिषेश तीन कुरामा ध्यान दिनु अत्यावश्यक हुन्छ । वच्चा जन्मिसकेपछि आमाले वच्चालाई कसरी न्यानो राख्ने भन्नेकुरा सिक्नुपर्छ । अस्पतालमा शिशुको जन्म हुने बितिकै विषेश किसिमको हिटरको मुनी राखिन्छ अनि न्यानो कपडा लगाई दिने गरिन्छ । वच्चालाई न्यानो राख्न सुतीको कपडा उत्तम हुन्छ । आजकल हाम्रो चलनमा भित्री कपडा एकदम बाक्लो कपास राखेर सिलाउने गरिन्छ तर यसो गर्नु गलत हो किनभने भित्री कपडाले जिउवाट पसिना सोसी रहेको हुन्छ । यदि वाक्लो कपडा लगाई दियौं भने सोसिएको पसिना कपडामै रहिरहन्छ र चिसो भएर जान्छ अनि त्यस चिसो पसिनाले बच्चालाई तताउनुको साटो झन् चिस्याई रहेको हन्छ । भित्री कपडा सधैं पातलो सुतीको हुनु जरुरी छ र यसलाई समय समयका परिवर्तन गरिरहनुपर्छ ताकी वच्चालाई सोसिएको पसिनाले चिसो नहोस् ।
बच्चाको टाउको जीउको तुलनामा ठूलो हुन्छ । टाउको ठूलो भएको कारणले जीउको ताप टाउकोवाट चाँडै बाहिरी वातावरणका निस्कन सक्छ र वच्चा शिताङ्गहुन सक्छ । त्यसैकारण वच्चाको जीउमात्र होइनकी टाउकोलाई पनि ढाक्नु अत्यन्त जरुरी हून्छ । टाउको ढाक्नका लागि उनीको टोपीको प्रयाग गर्न सकिन्छ । टोपीको प्रयाग गर्दा कानपनि छोप्नुपर्छ । त्यस्तै धेरै जाडो छ भने हात अनि खुट्टापनि उनीको पञ्जा अनि मोजाले ढाक्नुपर्छ । वच्चालाई बाक्लो लुगाले ढाकीसकेपछि समय समयमा वच्चाले दिशा पिसाब गरेको छ की छैन भनेर हुर्नुपनि अति आवश्यक हुन्छ किनभने पिसाब फेरेको ठाउँ चीसो हुन्छ र यसैले पनि वच्चाको तापक्रम घटाउन सक्छ ।
वच्चालाई जाडो हुन्छ भनेर आगो बालेर दाउराको अगाडि सेक्ने प्रथा हाम्रो समाजमा अझैपनि छ । दाउरा बाल्दाको धुँवा वच्चाको फोक्सोको लागि अत्यन्त हानिकारक हुन्छ । यो धुँवाले विभिन्न श्वासप्रश्वासको समस्याहरु निम्त्याउन सक्छ । धुँवाले गरेर नाक बन्द हुन्छ र सास लिन तथा फाल्नमा समस्या उत्पन्न हुन्छ । यदि घरभित्र दउरा बालेको छ भने अक्सिजनको कमी भएर कहिलेकाहीं वच्चाको ज्यानै समेतपनि जानसक्छ ।
वच्चालाई सेक्नको लागि दाउरा बालेर गोल पार्नुपर्छ र बलेको गोल माथि एउटा भाँडामा पानी बसालेर राख्नुपर्छ । कोठाभित्र सेक्दा हावाको आवतजावत हुनुपर्छ । यसो ग¥यो भने कोठामा तापको साथसाथै वाफको मात्रापनि हुन्छ र यसले वच्चालाई तातो राख्नुको साथसाथै नाक पनि वन्द हुन दिदैन । यदि हिटर तथा ग्यासको आगोमा सेक्दै हुनुहन्छ भनेपनि पानीको भाँडा बसाली रख्नु उत्तम हुन्छ । यदि वच्चालाई सेक्नको लागि दाउरा, काठ, बिजुली, ग्याँस केही छैन भने के गर्ने त । यसको लागि उत्तम उपाय भनेको वच्चाको सम्पूर्ण कपडा खोलेर आमाको नाङ्गो छातीमा टाँसी दिनुपर्छ र वाहिरवाट आमा र वच्चा दुवैलाई वाक्लो कपडाले ढाकी दिनुपर्छ । यसो ग¥यो भने आमाको जीउको तापले वच्चालाई शिताङ्ग हुनवाट बचाउँछ । यसलाई कङ्गारु विधि पनि भनिन्छ । यसले आमा र वच्चाको स्वास्थ्य राम्रो गर्नुको साथसाथै आत्मियतामा पनि वृद्धि गर्छ ।
नवजात शिशुलाई संक्रमणको जोखिम सधै नै रहिरहन्छ त्यसकारणले पहिलो एक महिना वच्चाको हेरचाहमा बिषेश ध्यान दिनु आवश्यक हुन्छ । त्यस माथि पनि यदि वच्चा जन्मिनु भन्दा अगाडि आमाको लामो समयसम्म तलवाट पानी बगेको थियो भने, आमालाई ज्वरो आएको थियो भने, अथवा वच्चा आउने वाटोमा संक्रमण भएको थियो भने वच्चालाई पनि संक्रमण हुने सम्भावना झन धेरै हुन्छ । त्यसकारण यस्तो वेला स्वास्थ्यकर्मीको उचित सल्लाह लिनु जरुरी हुन्छ । सकेसम्म गर्भवती महिलालाई व्यथा लाग्ने वितिकै समयमै अस्पताल पु¥याएर त्यहीं वच्चा जन्माउनु उचित हुन्छ । यदि माथि उल्लेखित समस्या आमामा देखिएको छ भने वच्चाका रगत परीक्षण गरी समयमै उचित उपचार गर्नुपर्छ ।
घरमा ल्याइसकेपछि वच्चालाई छुन र चलाउनु अगाडि राम्रो सँग सावुन पानीले हात धुनुपर्छ अथवा किटनासक झोलको प्रयाग गर्नुपर्छ । वच्चालाई धेरै मानिसको हातमा चलाउन दिनुहुदैन । यदि वच्चाले राम्रो संग दूध चुस्न छोड्यो भने, सस्त भएर गयो भने, ज्वरो आयो अथवा शिताङ्ग भयो भने, जिउमा पीपको फोकाहरु आयो भने तथा नाइटो वरिपरीको छाला रातो भएर पीप आउन थाल्यो भने वच्चालाई जिवणुको संक्रमण भएको छ भन्ने बुझ्नुपर्छ र तुरन्त नजिकको अस्पतालमा लगि उचित जाँच गराउनुपर्छ। यदि यस्तो संक्रमणको लक्षण देखिएको छ भने शिशुलाई तुरन्त अस्पताल भर्ना गरेर नशावाट औषधि दिनुपर्छ । शिशुको पाचन प्रणालीको विकास राम्ररी नभइसकेको कारणले खाने औषधिको प्रयोग सकेसम्म नगर्दा राम्रो हुन्छ ।
नवजात शिशुको रोगसंग लड्ने क्षमताको विकास भैसकेको हँुदैन त्यसैले सामान्य किटाणुले पनि शिशुको ज्यान लिन सक्छ । खाने औषधि लिएर ठिक होलाकी भनेर कुर्नु र्मुखता हुन सक्छ । त्यसैले संक्रमणको शंका लाग्ने वितिकै शिशुलाई अस्पताल भर्ना गर्नु उचित हुन्छ ।
नवजात शिशुको पिसाब गर्ने ठाउँ हरेक पटक सफा गर्नुपर्छ । यदि पिसाब गर्न गाह्रो मान्छ अथवा रुन्छ भने पिसाब को संक्रमण भएको हुन सक्छ । शिशुको आँखा पनि समय समयमा सफा गरिदिनुपर्छ । आँखामा गाजल लगाइदिने बानी हटाउनुपर्छ । यदि चिप्रा लागेको छ अथवा पानी वगिरहन्छ भने समयमै उचित स्वास्थ्य सल्लाह लिनुपर्छ । त्यस्तै शिशुको कान, नाक र मुख पनि दिनहुँ सफा गरिदिनुपर्छ । मुखभित्र तथा जिब्रोमा सेतो पाप्रा जमेको छ भने त्यो मुखको संक्रमण हो । यसको लागि तुरुन्त स्वास्थकर्मीवाट सल्लाह लिनुपर्छ ।
आमाको दूध वच्चाको लागि अमृत समान हुन्छ । पहिलो ६ महिना आमाको दूध बाहेक वच्चालाई अरु केही पनि दिनु हुँदैन । पहिलो ६ महिनाको लागि आवश्यक पानी पनि दूधवाट नै पूर्ति हुन्छ । यदि वच्चा तौल नपुगि एकदम सानो जन्मेको छ भने स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि खुवाउन सकिन्छ ।
आमालाई स्तनपानको निमित्त वच्चा जन्मिनु अगावै तयारी गर्नुृ अत्यन्त जरुरी हुन्छ । यसका लागि आमाले चाहिने पौष्टिक तत्व आवश्यक मात्रामा सेवन गर्नुपर्छ । दूध आउनको लागि शारिरिक विकास मात्र नभै मानसिक तयारीको पनि आवश्यकता पर्छ । मानसिक तनाव, चिन्ता, डरले दूध उत्पादनमा ह्रास आउँछ । शुरुको अवस्थामा मानसिक तयारी भएन भने वच्चा जन्मिने वित्तिकै दूध उत्पादन हुनमा ढिलाई हुन्छ । वच्चा जन्मिने वित्तिकै दूध आए पनि नआएपनि आमाको स्तनमा राखिदिनुपर्छ । यस्तो ग¥यो भने आमाको दूध उत्पादन चाँडो हुन्छ । जति धेरै दूध चुसायो त्यति नै धेरै दूध आउँछ । दूध कम आयो भनेर चुसाउनु छोड्यो अथवा अन्य कृत्रिम दूधको प्रयोग ग¥यो भने झन् दूध उत्पादनमा ह्रास आउँछ ।
आमाको दूधमा वच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु पाईन्छ । साथसाथै वच्चालाई रोग सँग लड्न क्षमता बढाउने तत्व पनि पाईन्छ जुन अरु दूधमा पाईंदैन । आमाको दूधको तापक्रम जीउको तापक्रमसँग मिल्ने भएकोले जाडो याममा वच्चालाई शिताङ्ग हुन वाट पनि बचाउँछ । आमाको दूध राम्रो सँग खाएको वच्चाको मानसिक बिकासपनि अरु आमाको दूध नखाएको वच्चाहरु भन्दा धेरै तिब्र हुने गर्दछ ।
त्यसैकारणले हरेक शिशुलाई दुई दुई घण्टाको फरकमा आवश्यक मात्रामा आमाको दूध चुसाउनुपर्छ । रातीको समयमा पनि पटकपटक उठेर दूध चुसाउनुपर्छ । एकदिनमा कमसय कम दसपटक पुग्नेगरी दूध चुसाउनुपर्छ । दूध चुस्न पुगेपछि वच्चा आनन्दले निदउँछ र समय समयमा पिसाब फेरिरहन्छ । यदि वच्चालाई दूध पुगेको छैन भने रुने र झिझिने गर्दछ र सुत्ने समयपनि कम हुन्छ । वच्चाको तौल आवश्यक मात्रामा बृद्धि हुँदैन र पिसाब पनि कम गर्छ ।
वच्चा जन्मिसकेपछि समय समयमा विरामी नभएपनि चिकित्सककोमा लगि जचाउनु पर्छ । सकिन्छ भने हप्ताको दुई पटक तौल नाप्ने र दुई हप्ताको एकपटक लम्बाई र टाउकोको गोलाई नाप्नुपर्छ र पहिलेको भन्दा बढेको छ की छैन भनेर हेर्नुपर्छ ।
जाडो मौसममा नवजात शिशुलाई अरुवेलामा भन्दा बढी ध्यान दिनु जरुरी हून्छ । वच्चालाई न्यानो राख्नु, समय समयमा दूध चुसाउनु र संक्रमणवाट जोगाउन सके वच्चा स्वस्थ रहन्छ ।