नवजात शिशुलाई हुन सक्ने संक्रमणबारे जानकारी
नवजात शिशु जन्मेदेखि २८ दिनसम्मको बालबालिकाहरुलाई भनिन्छ । पूर्णरुपमा नयाँ वातावरणमा आउने हुनाले शिशुहरूलाई नयाँ वातावरणमा घुलमिल हुन समय लाग्छ । त्यसै कारणले गर्दा यो समयमा विभिन्न समस्याहरु आउने गर्दछन् , ती समस्याहरूमध्ये जिवाणुको संक्रमण एक प्रमुख समस्या हो । नवजात शिशुहरु अत्यधिक संक्रमणको जोखिममा हुन्छ । उनीहरुसँग रोग सँग लड्ने क्षमता कम हुन्छ किनभने यी शिशुहरुसँग रोगसँग लड्ने कोषहरूको विकास भएको हुँदैन । रोगसँग लड्ने तत्व जुन हामी Antibody भन्ने गर्दछौं, यो पनि शरीरले बनाउनसक्ने क्षमता हुँदैन । जन्मिदा शिशुको शरिर जीवाणु रहित अथवा Sterile हुन्छ र जन्मिने बाटोबाट नै किटाणुहरुको प्रवेश सुरु हुन्छ । यी किटाणुहरु रगतमा प्रवेश गरेको खण्डमा संक्रमण सुरुहुन्छ रोगसँग लड्ने क्षमता कम भएको कारण थोरै किटाणुले पनि अत्यधिक संक्रमण गरी ज्यान जोखिममा पार्न सक्छ । कमजोर किटाणुले पनि कडा आक्रमण गर्नसक्छ । रगतबाट दिमागी स्नायु छुट्याउने Blood Brain Barrier बनेको हुँदैन कुनै साधारण संक्रमणले पनि जटिल दिमागी संक्रमण (Meningitis) गर्न सक्छ र समयमा यसको उपचार नपाए ज्यानै जोखिम हुने अवस्था आउन सक्छ । उपचार भै हालेको खण्डमा पनि doze पुग्नेगरी र समय पुग्ने गरी उपचार भएन भने बालबालिकाहरुमा पछि गएर कान नसुन्ने हातखुट्टा नचल्ने जस्ता समस्याहरु देखिन सक्छ । त्यसै कारणले गर्दा नवजात शिशुमा हुने संक्रमणलाई साधारण रुपमा कहिल्यै पनि लिनु हुँदैन र समस्याहरु देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार गर्नुपर्छ ।
नवजात शिशुमा संक्रमणका लक्षणहरु के के हुनसक्छन् ?
– ज्वरो आउने
– सिताङ्ग हुने
– आँखा पल्टाउने तथा बेहोस हुने, लोलाउने
– दुध नचुस्ने
– पटकपटक उल्टी गर्ने
– छालामा पीप भरीएको फोकाहरु आउने
नवजात शिशुमा संक्रमण को पहिलो लक्षण नै दुध नचुस्ने वा सुस्त भएर जाने हुनसक्छ । हामी बुझ्ने गर्दछौं कि संक्रमण भएमा ज्वरो आउनु पर्छ तर नवजात शिशुमा कैलेकाहीँ सिताङ्ग भएको अवस्थामा पनि संक्रमण भएको हुनसक्छ भन्ने बुझ्नुपर्छ । यदि यी लक्षणहरु देखिएमा बालबालिकाहरुलाई पूर्व सतर्कता अपनाउनुपर्छ ।
अन्तिम तीन महिना गर्भमा एकदमै जोखिमपूर्ण हुन्छ यस्तो बेला आराम गर्नुपर्छ र गर्भाधानको लागि तयारी गर्नुपर्छ । सकेसम्म शिशुलाई स्वास्थ्य संस्थामा नै जन्म दिनु पर्छ । समय समयमा भिडियो एक्सरे गर्नुपर्छ र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्छ, तौलको जानकारी लिनुपर्छ, पेट भित्र बच्चा तैरिरहेको पानीको मात्राको अवस्था बारे जानकारी लिनुपर्छ । यदि योनीबाट पानी बग्न थालेमा तुरुन्त स्वास्थ्य संस्था लैजानु पर्छ । गर्भवतीलाई ज्वरो आएमा, गन्हाउने पानी बगेमा पनि तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ ।
बच्चा जन्मिसकेपछि तातो राख्ने, बच्चा चलाउनु अगाडि र पछाडि हात धुने अथवा स्यानिटाइजरको प्रयोग गर्ने, समय समयमा बच्चाको कपडा अनि Diaper फेरिदिने, सकेसम्म Diaper को प्रयोग कम गर्ने अथवा गर्नै परेमा पनि समयसमयमा फेरिदिने, नाइटो वरपर सफा राख्ने, जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउने । पानी, जन्म घुटी तथा अन्य कुराहरु नखुवाउने, खतराको संकेतहरु देखिएमा तुरुन्त अस्पताल लैजाने, स्वास्थ्यकर्मीको सल्लाह अनुसार रगत पिसाब तथा अन्य septic screening गराउने र चाहिएको अवस्थामा भर्ना हुन नहिच्किचाउने । भर्ना भइसकेपछि blood culture, urine culture को रिपोर्ट नआए सम्म घर नआउने । नवजात शिशुहरुलाई संक्रमणको सम्भावना देखिएमा स्वास्थ्यकर्मीले अस्पताल भर्ना गर्न सल्लाह दिइन्छ । नवजात शिशुलाई संक्रमण देखिएमा घरमा उपचार गर्न सकिँदैन किनभने शिशुहरूलाई खाने औषधिले काम गर्दैन र नशा बाट दिइने औषधि दिनुपर्ने हुन्छ त्यसैकारणले गर्दा नवजात शिशुहरुलाई संक्रमणको सम्भावना देखिएमा तुरुन्त भर्ना गर्ने वातावरण बनाउनु पर्छ । शिशुहरूको septic screening positive आएमा अथवा संक्रमण हुन सक्ने सम्भावना धेरै भएमा antibiotics को प्रयोग तुरुन्त गर्नुपर्ने हुन्छ । हामीले धेरैबेर कुर्न सक्दैनौ । यो एन्टिबाइटिक blood culture अथवा पिसाबको कल्चरको रिपोर्ट नआएसम्म दिनुपर्छ र यदि र कल्चर मा किटाणु देखिएमा किटाणुको अनुसार मा औषधि फेर्नुपर्छ भने blood culture अथवा urine culture negative आएमा र बच्चाको स्वास्थ्य अवस्था सुधार आएमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार Discharge गरेर घरमा ल्याउन सकिन्छ यदि septic screening Positive आएमा स्वास्थ्यकर्मीले मेनिनजाइटिस छ की छैन भनेर जाँच गर्नको लागि ढाडबाट पानी जाँच गर्न सल्लाह दिइन्छ । नवजात शिशुको रगतमा संक्रमण फैलिएको खण्डमा meningitis हुने सम्भावना अत्यन्त धेरै हुन्छ । त्यसैकारणले गर्दा त्यस्ता बालबालिकाहरुलाई ढाडबाट पानी जाँच गर्नु अत्यन्त जरुरी हुन्छ । ढाडबाट पानी कसरी जान गरिन्छ त ? सानो सुईको माध्यमबाट पछाडि रिटको हड्डीको बीचबाट निकालिन्छ र प्रयोगशालामा पठाई यसको कोषहरूको मात्रा, प्रोटिनको मात्रा, चिनीको मात्रा र कल्चर गरिन्छ यी जाँचहरु बाट नै हामीले नवजात शिशुलाई meningitis अथवा दिमागमा संक्रमण भएको छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।

के यो जाँच गर्नैपर्छ त ?
चिकित्सकले सल्लाह दिए गर्नै पर्छ । अन्यथा meningitis भएमा शिशुलाई बचाउन गाह्रो हुन्छ । उचित उपचार नपाएमा भविष्यमा धेरै समस्याहरु आउन सक्छ ।
ढाडबाट पानी जाँच गर्नु जोखिमहरु के के छन त ?
यदि राम्ररी गरेको खण्डमा ढाडबाट पानी को जाँच जोखिममुक्त छ । साधारण तया पानी नआउने अथवा पानीको सट्टा मा रगत आउने ,रगत मिसिएर आउने हुनसक्छ । यस्तो भएमा फेरि ४८ घण्टापछि जाँच गनुंपर्ने अवस्था पनि हुनसक्छ ।
लुलो लंगडो हुने सम्भावना छ कि छैन ?
ढाडको पानी को जाँच गर्नुको जोखिम एकदमै न्यून छ । त्यसैकारणले गर्दा अहिले बालबालिकाहरु जाँच गरिसकेपछि लुलो लंगडो हुने सम्भावना छैन किनभने यो जाँचको लागि एकदमै सानो सुईको प्रयोग गरिन्छ र एकदमै सतर्कता अपनाएर जाँच गरिने भएको कारणले गर्दा त्यस्तो धेरै समस्या हुँदैन जाँच गरेन भने यदि बालबालिकाहरुलाई meningitis रहेछ भने उचित उपचार भएन भने पछि गएर आँखा नदेख्ने, कान नसुन्न,े हातखुट्टा चलाउन सक्ने सम्भावना रहन्छ ।

– Dr. Dhruba Shrestha